बिहेको बसले मोटरसाइकल चालकलाई ठक्कर दिदा एकको निधन, बस तोडफोड

everest kitchen

काठमाडौं । सिन्धुपाल्चोकमा बिहेको बसले ठक्कर दिदा एक मोटरसाइकल चालकको निधन भएको झ । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको बिहेको बसलेले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो ।

मृतक मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन । आज बिहान ८ बजेतिर सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् ।