थप ३ सय ८५ जनामा कोरोना पुष्टि, ४ जनाको निधन

everest kitchen

काठमाडौँ । नेपालमा सोमबार थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय २१ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र २ हजार ७ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ५ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ५८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ सय १७ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ७ हजार २ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।