सुनको मुल्यमा गिरावट

everest kitchen

काठमाडौ । आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो, छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेसँगै प्रतितोला मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ थियो ।