काङ्ग्रेस मकवानपुर क्षेत्र नं. २ “ख” को सभापतिमा मुक्तान

everest kitchen

मकवानपुर । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र न: २ ख को सभापतिमा लोकबहादु मोक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् ।

त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले ३५३ मत पाए । त्यस्तै सचिव पदमा थल बहादुर थापा सन्तोष र बलराम घिमिरे बिजयी भएका छन् ।

थापाले ५२७ मत र घिमिरेले ४६२ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै सचिव पदमा रमेश कुमार थिङले ३४४ र राजकुमार ब्लोनले ३७७ मत प्राप्त गरी पराजित भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुको भने मतगणना भइरहेको जनाइएको छ । यसअघि प्रतिनिधिसभा क्षेत्र नम्वर १ को मत परिणाम सार्वजनिक भइसकेको छ । ४० मत बदर भएकोसमेत जनाइएको छ ।