पहिलो महिला प्रधानमन्त्रीको नियुक्त भएको १२ घन्टापछि राजीनामा

everest kitchen

एजेन्सी । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् ।

गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएको उनले राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा बताएकी छन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् ।

यद्यपि केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।