कुञ्ज देवी उपाध्याय
मेरो
श्वास प्रश्वासमा
मेरो हड्डी हड्डीमा
बजद्छ घामले पोलेको
पसिनाले मुछिएको
गीतको स्वर
तै पनि
सन्नाटा आउँछ
बिस्तारै
कुनै आभास नदिई
भन्न नसकिने पीरहरू
मुटु भित्र साँचेर राखेका छन्
सपनाको समाप्ति नहोस् भनेर
हाँसी दिन्छु
खसेर फुट्छन् भनेर
दैलो लगाएका बिषाद
म भित्रै अलमलिने गर्छन्
राति लेखेका दिउँसो का दिनचर्या
मलाई गिज्याउदै
न्यानो निद्रामा पर्दा
मुटुको शुन्यतामा
आगोको ज्वालाले
डढाए झैँ लाग्छ ।
(शिवसागर, असम)