कोमल वलीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

everest kitchen

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् । दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । ‘

उनले आफ्नो पहिलो उद्देश्य केपी ओलीको नेतृत्वलाई सक्षम बनाउने र दोस्रो उद्देश्य पार्टीलाई सम्मृद्ध बनाउने रहेको बताइन् । उनले आफ्नो तेश्रो उद्देश्य राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने रहेको बताइन् ।