मलेसियामा बंगलादेशी, फिलिपिन्स र ईन्डोनेसियालीलाई सुरक्षागार्डको रुपमा अनुमति दिन प्रस्ताव

everest kitchen

एजेनसी । मलेसियन गृह मन्त्रालयले बंगलादेश, फिलिपिन्स र इन्डोनेसियाका मानिसहरूलाई सुरक्षा गार्डको रूपमा काम गर्न अनुमति दिने प्रस्ताव गरेको छ । बिहिवार एक कार्यक्रमकाबीच गृहमन्त्री दातुक सेरी हमजाह जैनुदिनले यस्तो जानकारी दिएका हुन ।

बिहीबार ​​गृह मन्त्रालय र सुरक्षा सेवा उद्योगका व्यवसायीबीच भएको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘उद्योगकर्मी, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयसँग छलफल गरेपछि त्यसलाई हेर्नेछौँ ।

साथै उनका अनुसार “भारतबाट पनि कामदार लैजाने सक्ने सुझावहरू थिए। हामीले कुनै पनि घोषणा गर्नुअघि गहिरो अध्ययन गर्नुपर्छ,” सोही अनुसार निर्णय गरिने उनले बताए ।

सुरक्षा कामदार लिने बारे कुनै समस्या नहोस् भनेर सम्बन्धित मन्त्रालय र संबंधित निकायसँग थप छलफल गर्नेसमेत उनले बताए ।

मलेसियामा हालसम्म मलेसिन नागरिक र नेपाली नागरिकले मात्रै सुरक्षागार्डको रुपमा काम गर्न पाउछन् । नेपालीसहित अन्य देशका नागरिकलाई पनि सुरक्षा गार्डको अनुमति दिईएको खण्डमा नेपाली सुरक्षागार्डहरुको रोजगारीमा असर भने पर्ने देखिन्छ ।

मलेसियामा नेपाली नागरिक बाहेक अन्य देशबाट सुरक्षा कामदार लिने विषयमा यसअघि पनि छलफल तथा प्रस्ताव भएपनि मलेसियामा हालसम्म विदेशी सुरक्षागार्डहरुमा नेपाली मात्रै रहदै आएका छन् । मलेसियामा नेपाली सुरक्षागार्डको राम्रो छाप रहदै आएको बताईन्छ ।