फतुवा विजयपुरबाट एमाले नगर अध्यक्ष बिजय यादव सहित २८ जना प्रतिनिधि चयन

everest kitchen

रौतहट । नेकपा एमालेको १० औं महाधिवेशनका लागि रौतहटबाट फतुवा विजयपुर नेकपा एमाले नगर अध्यक्ष एवम पुर्व मन्त्री प्रभु साहको स्वकीय सचिव बिजय यादव निर्बिज सहित २८ जना प्रतिनिधि चयन भएका छन्

चितवनमा १०१२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो । जनप्रिय नेता प्रभु साह साह जनपरिचालनको सह सहसंयोजक भएकोले आफ्नो रौतहट गृह जिल्लाबाट माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म छन् ।

त्यस्तै उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह , मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेला, परनिया देवी, शैलेन्द्र साह , सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, कान्तिदेवी महतो ,तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन् । दलिततर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्दुतिया देवी रहेका छन् ।