छ्युसी बौद्ध गुम्बाको प्रथम साधारणसभा सम्पन्न: वडाअध्यक्ष प्रजाद्वारा ५१ हजार सहयोग

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित सिमर गाउँ सिलिङ्गे स्थित जुन्ती डाँडा स्थित गुम्बा निर्माणधिन स्थलमा प्रथम साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रम वडाअध्यक्ष सिंग लाल प्रजाको प्रमुख आतिथ्य र गुम्बा समिति अध्यक्ष सबिन कुमार लोप्चनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यस्तै साधारण सभाको अवसरमा वडा अध्यक्ष प्रजाले ५१ हजार नगद गुम्बा अक्षयकोष को लागि सहयोग प्रदान गरेको छ। कार्यक्रममा अतिथिहरु एमाले नेता बखत बहादुर चेपाङ,ईसाई धर्म गुरु मोति राम चेपाङ,सिलिङ्गे मा.बि. का अध्यक्ष कमल चेपाङ, सामुदायिक वन का अध्यक्ष आइत सिं प्रजा, लगायत वडा भरिका अग्रज ब्याक्तिहरुको उपस्थित रहेको थियो ।

सोअवसर गुम्बा निर्माण र स्थापनाकी लागि अहम् भुमिका निर्वाह गर्ने बाबुराम थिङ लाई सम्मान गरेको थियो।

कार्यक्रम आफ्नो भनाई राख्दै सामुदायिक वनका अध्यक्ष प्रजाले गुम्बा निर्माणमा आवश्यक परेको फर्निचर निर्माणको लागि काठ उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

यस्तै आफ्नो नेता बखत बहादुर चेपाङ्ले मन्तव्य राख्दै पर्यटन प्रवर्द्धन गर्न पहिले धार्मिक साँस्कृतिक संरचना अनिवार्य रहेको बताए त्यस्तै वडा अध्यक्ष प्रजाले गुम्बा निर्माणमा आफुले सुरु गरे पनि यो अर्ध निर्माणधिन गुम्बा लाई सम्पन्न गराउन लागि परि रहेको बताए।