माओवादी केन्द्र त्रिवेणी रुकुमको अध्यक्षमा गणेश खड्का

everest kitchen

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) त्रिबेणि गाउँपालिका रुकुम पश्चिमको अध्यक्षमा गणेश खडका चयन भएका छन् । माओवादी केन्द्रको दोस्रो सम्मेलनबाट गणेश खड्काको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको हो ।

नवनिर्वाचित गाउँपालिका कमिटीको अध्यक्षमा गणेश खड्का, उपाध्यक्षमा सुन्दर ओलि, टेक बहादुर ओलि, कर्नबहादुर खड्का, सचिबमा चन्द्र बहादुर खड्का सहसचिबमा जनक बिश्वकर्मा र कोषाध्यक्षमा निर्मला बीष्ट खड्का सर्वसहमतीमा चयन गरिएको हो ।

गाउँपालिकाको अधिवेशनको उद्घाटन माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा हालका अर्थमन्त्री जनार्दन शर्माले “प्रभाकरले” गरेका थिए भने नवनिर्वाचित कमिटीको घोषणा तथा सपथ ग्रहण माओवादी नेता तथा कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा “अनल”ले गराएका थिए ।