घरको ढोकाबाट लडेर घाइते मकवानपुर काङ्ग्रेसका अग्रज नेता थिङ्को निधन

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग साविकको काँकडा गा.बि.स. वडा नम्बर १ मा २०४९ सालमा जन निर्वाचित वडा अध्यक्ष पदम बहादुर थिङको आज ६९ बर्षको उमेरमा निधन भएको छ।

मृतक थिङ आफ्नै निवासको मुल ढोकामा लडेर अचेत अवस्थामा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार गर्दै गर्दा उपचार असम्भव भएपछि हस्पिटलबाट डिस्चार्ज गरि घरमा ल्याईएको थियो । उनको मनहरीको रमन्टार स्थित माईलो छोराको घरमा आइतबार बिहान ७ बजे निधन भएको हो ।

थिङ्को शवलाई सिलिङ्गे स्थित उनको मुल घर पुर्‍याई दहा संस्कार गरिने परिवारले जनाएको छ।

थिङ लामो समय देखि नेपाली काङ्ग्रेसको राजनीति क्षेत्रमा सक्रिय थिए । साथै उनको श्रीमती पनि केही महिना अगाडि भिरबाट लडेर निधन भएको थियो।