केपी ओलीले छाने १९ पदाधिकारी (सूचीसहित)

everest kitchen

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम प्रस्तुत गरेका छन् ।

ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरेका हुन् ।

ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो । ‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली ।’

उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । महासचिवमा भने शंकर पोखरेलको नाम राखिएको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरिएको छ । यद्यपि सुवास नेम्वाङको नाम हलमा पढ्न छुटेछ भन्दै पछि थपेका थिए ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव गरेका छन् ।