भ्रामक समाचार फैलाएकोमा राजाको सचिवालले गरे आपत्ति

everest kitchen

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को आशन्न महाधिवेशनलाई लिएर भ्रामक समाचारको खेती बढेको छ । कमल थापाको लोकप्रियता तथा महाधिवेशनबाट अत्यधिक बहुमतले जित्ने सुनिश्चित देखिएगंै अर्का युवा नेता राजेन्द्र लिङ्देनले भ्रामक समाचारको खेती गरेका छन् ।
आफू लज्जास्पद ढंगले हार्ने देखेपछि सुनियोजितरुपमा अवैधानिक अनलाइनको सहारा लिएर सबैको साझा संस्थाको रुपमा रहेको राजालाइ जोडेर बदनाम गर्ने काम गरेका छन ।
आज राष्ट्रिय सभामा कमल थापाले गरेको अध्यक्ष पदको उम्मेदवारी घोषण सभाबाट डराएका लिङ्देन पक्षले राजालाइ समेत बिबादमा तान्ने प्रयास गरेका छन् । सूचना बिभागमा दर्तासमेत नरहेको कालापानी अनलाइनले राजेन्द्र लिङ्देनलाइ ‘राणा र डा. लोहनीको साथ पाएका लिंदेनलाई पूर्व राजाको समर्थन’ भन्ने शिर्षक समाचारमा राजाको सचिवालयले आपत्ति जनाएका छन् ।
“राजा सबैको साझा सस्था भएको हुनाले राजा कुनै दलगत ब्यक्तिगत कुराको पछि नलाग्ने राजाको जन सम्पर्क सचिव फणिन्द्रराज पाठकले बताए । राजसस्था देशको साझा संस्था भएको हुनाले समग्र जनताहरुप्रती सधै सम्मान धारणा रहने बताए ।
राजाको स्वकीय सचीव सागर तिमिल्सिनाले “कुनै ब्यक्तिबिशेषले आफ्नो ब्यक्तिगत स्वार्थको लागि राजाको नाम जोड्नु आपत्तिजनक छ त्यस्तो समाचारले समाजमा नकारात्मकताको बिकास गर्ने भएको हुँदा त्यस्तो समाचारलाई हामी खण्डन गर्छौं टेलिफोन सम्पर्कमा बताएका छन् ।
तिमिल्सिनाले राजाको नाम जोडेर कुनै पक्षलाई फाइदा हुनकै लागि सबैको साझा संस्थालाइ बदनाम नबनाउन समेत अनुरोध गरेका छन् ।