त्रिवेणीमा स्वास्थ शिविर: अधिकांस महिलाहरुमा पाठेघरको संक्रमण र आङखस्ने समस्या

everest kitchen

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।

मंसिर ११ र १२ गते त्रिवेणी गाउँपालिका अस्पताल र १३ गते पेउघा स्वास्थ्यचौकीमा उक्त शिविर संचालन गरिएको ओरेक नेपाल रुकुम शाखाले जनाएको छ । शिविरमा ५४७ जना महिलाहरुले स्वास्थ सेवा थिएका थिए ।

उनका अनुसार, शिविरमा त्रिवेणी गाउँपालिका अस्पतालमा कार्यरत डाक्टर छवि नेपाली र जिल्ला अस्पताल सल्लेमा कार्यरत स्त्रीरोग विशेषज्ञ केएल बिक्रम जिसीले सेवा दिएका थिए ।

शिविरमा आउने महिलाहरुमा अधिकांशको पाठेघरको मुखको संक्रमण, आङखस्ने जस्ता समस्या धेरैमा देखिएको स्त्रीरोग विशेषज्ञ जिसीले बताए । विशेषज्ञ जीसीका अनुसार महिनावारी हुदा र सुत्केरी अवस्थामा आवश्यक सरसफाइको कमीले महिलाहरुमा त्यस्तो समस्या देखिएको हो ।

यस्तो समस्याबाट बच्न आवश्यक सरसफाइका उपाय उपनाउने, असुरक्षित यौन सम्बन्धबाट बच्ने, वैदेशिक र‍ोजगारीको क्रममा वा अन्य कारणले टाढा रहेका श्रीमान/ श्रीमती भेट हुदा पनि आवश्यक स्वास्थ्य परिक्षण जस्ता सावधानी अपनाउनुपर्ने विशेषज्ञ जीसीको सल्लाह रहेको छ ।