एमाले महाधिवेशनमा चितवन आएका भगलु सधैँको लागि अस्ताए, पाँच दिनपछि घरमा पुग्यो शव

everest kitchen

चितवन । चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका–३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी एमाले महाधिवेशनमा चितवन आएका थिए।

पाँच दिनपछि मंगलबार बल्ल भगलुको शव सप्तरीस्थित घर पु-याइएको छ । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।

महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए। कुन गाडीले चितवनको कुन ठाउँमा ठक्कर दियो खुल्न सकेको छैन । दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानकाका सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।