दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि : डाक्टरले दिए चेतावनी

everest kitchen

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोनाका नयाँ संक्रमितको संख्यामा एक दिनमा दोब्बरको वृद्धि भएको छ । बुधबार बेलुका यहाँको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेजले पछिल्लो २४ घण्टामा त्यहाँ ८,५६१ संक्रमित दर्ता गरेको छ जबकी यसको २४ घण्टा अघि यहाँ ४,३७३ संक्रमित भेटिएका थिए ।

त्यसपछि यहाँ भ्याक्सिन नलगाएका व्यक्तिहरुमाथि प्रतिबन्ध लगाउन यहाँको सरकारमाथि दबाब बढेको छ ।

यस्तै, दक्षिण अफ्रिकी वैज्ञानिकले ओमिक्रोनले हल्का संक्रमित मात्रै गराउँछ भनेर अहिले नै मान्नु गलत भएको बताएका छन् ।

वैज्ञानिकका अनुसार हाल ओमिक्रोनको वास्तविक प्रभावको सही जानकारी दिनु मुश्किल छ । हाल धेरैजसो युवा जनसंख्या नै यसबाट प्रभावित भइरहेको छन् जो भाइरससँग लड्न सक्षम छन् । यस्तोमा यसले ज्येष्ठ नागरिक, बालबालिका र बिरामीहरुमा कस्तो असर पार्नेछ भन्ने कुनै जानकारी छैन ।

स्मरण रहोस्, दक्षिण अफ्रिकामा ९ नोभेम्बरमा लिइएको ओमिक्रोन भेरियन्ट भेटिएको थियो । विश्व स्वास्थ्य संगठनलाई यसबारे २४ नोभेम्बरमा जानकारी दिइएको थियो । तत्पश्चात् संसारभरी यसबारे सतर्क रहन भनिएको थियो । साउदी अबर र संयुक्त अरब इमिरेट्स अर्थात् यूएईले पनि यो भेरियन्टको पहिलो संक्रमित भेटिएको घोषणा गरेको छ ।

यद्यपि, नयाँ भेरियन्टको विषयमा थुप्रै प्रश्नको जवाफ हालसम्म पाउन सकिएको छैन जस्तो कि यो भेरियन्ट फैलने क्षमता कति छ र हालसम्म जुन खोप लगाइँदै छ, त्यसले कतिसम्मको सुरक्षा दिनसक्छ ।