बझाङका साजेन मल्लद्धारा पिताको स्मृतिमा बिधालय भवन निर्माण गरी हस्तान्तरण

everest kitchen

समीर मल्ल
बझाङ । बझाङको मध्ये भागमा अबस्थित केदारेस्यु गाउपालिकाको वडा न ४ मा रहेको शिक्षोदय उच्च माध्यामिक बिधालयका ब्यबस्थापन समिती अध्यक्ष साजेन कुमार मल्लले आफ्नो निजि लगानीमा बिधालयको ४ कोठे भवन निर्माण गरि हस्तान्तरण गरेका छन् । आफ्ना स्वर्गीय पिता मोहनबहादुर मल्लको स्मृति दिवसको अबसरमा बिधालय भवन हस्तान्तरण गरेका हुन ।

उक्त विद्यालयमा लामो समयदेखि भवन अभावमा चर्को घाम,पानी तथा हावाहुरीको समयमा २/३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाइ एउटै कक्षा कोठामा पठनपाठन गराउनो पर्ने बाध्यता थियो । लामो समयसम्म विद्यालय भवनको लागि स्थानीय सरकार, प्रदेस सरकार , देखि संघिय सरकार सङ्ग माग गर्दै आएपनी सुनवाइ नभएको सोही बिधालयमा कार्यरत शिक्षक रणबहादुर मल्लले बताए ।

अहिले भवन बनेपछि विद्यार्थी , शिक्षक तथा अबिभाबक सबैले खुसी व्यक्त गरेको गाउका अगुवा तथा बिधालयका सस्थापक प्रतिनिधि हिक्मत मल्लले बताए ।

ब्यबस्थापन समिती अध्यक्षसमेत रहेका साजेन मल्लले निर्माण गरेको उक्त ४ कोठे भवन स्वर्गीय मोहनबहादुर मल्लका छोराहरु अरुण मल्ल (बबि) , साजेन कुमार मल्ल (अशोक),रबिन मल्ल (उमेश),निरन्जन कुमार मल्ल ( निरा) छोरी मेनुका मल्ल(चन्द) ले संयुक्त रुपमा हस्तान्तरण गरेको अध्यक्ष मल्लले बताए ।

करिब २२लाख ८५ हजार रुपैयाको लागतमा ४ कोठे पक्की भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भन्डारी , सस्थापक प्रतिनिधि हिक्मत बहादुर मल्ल , वडा न ४ अध्यक्ष भक्त प्रसाद भट्ट , शिक्षक , विद्यार्थी र अबिभाबक हरुको उपस्थितिमा अध्यक्ष साजेन मल्लकि मुवा इन्द्रादेबी मल्लको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पमुख अथिती केदारस्यु गाउपालिका अध्यक्ष इन्द्रबहादुर भन्डारिले सराहनीय कार्यको गरेको भन्दै अध्यक्ष मल्ललाई धन्यवाद दिए ।साथै, उक्त कार्यक्रममा बोल्दै उनले यस्ता किसिमको उदाहरणिय कार्य जिल्लाकै पहिलो भएकोले अब अरु ठाउँहरुमा पनि यस्तो कार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका निमित्त प्रध्यानाध्यापक धुर्ब कुवरले बिधालयलाई नया भवन उपलब्ध भएपछि पठनपाठनमा सहज भएको बताए ।

साथै अबिभाबको तर्फबाट बिधालयका सस्थापक प्रतिनिधि हिक्मत मल्ल , स्थानीय निकायको तर्फबाट वडा न ४ का अध्यक्ष भक्त प्रसाद भट्ट बिधालय को तर्फबाट प्रध्यानाध्यापक गगन बहादुर बिस्टले उक्त कार्यको लागि आभार ब्यक्त गरेका थिए ।