पीएनसीसी मलेसियाको एकदिने सचेतना कार्यक्रम सम्पन्न: स्वास्थ्य सजकता र कानुन बारे परामर्श

everest kitchen

मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नेपाली दुताबास मलेसियाको सहकार्यमा मलेसियाको रावाङ स्थित सचेतना कार्यक्रम सम्पन्न भएको छ । मलेसियामा रहेका नेपाली श्रमिकहरुको समस्यालाई मध्यनजर गरेर सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

आईतवार नेपाली दुताबास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मलेसियामा रहदा अपनाउनु पर्ने स्वास्थ्य सजकता बारे पीएनसीसीका मलेसिया संयोजक मछिन्द्रनाथ चापागाईले प्रशिक्षण गरेका थिए ।

कार्यक्रमको सोअवसरमा आफ्नो अध्यायन र अनुभव सुनाउदै संयोजक चापागाईंले सहभागीहरुसंग शारिरीक स्वास्थका लागि स्वस्थकर खानपिन, नियमित ब्यायाम र मानसिक स्वास्थ्यका लागि सकारात्मक किताब पढ्ने, सकारात्मक संदेश मुलक भिडियो हेर्ने र मेडिटेसन जस्ता कार्य नियमित गर्नु पर्ने बताए ।

स्वास्थ्य सतर्कता अपनाउन नजान्दा मलेसियामा धेरैको आकस्मीक निधन हुने, आ’त्माहत्य गर्ने र मानसिक सन्तुलनसमेत गुमाउने जस्ता नकारात्मक परिणाम देखिएको संयोजक थापाले उल्लेख गरे ।

त्यस्तै, मलेसियामा बिषाक्ता मदिराको प्रयोग हुने भएकाले बेला बेलामा धेरैको ज्यान जाने गरेकोले मदिराजन्य पदार्थको प्रयोग नगर्नसमेत उनले सल्लाह दिएका थिए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा दुतावासका जनसम्पर्क अधिकृत टेक बुढाले मलेसिया रहदा पालना गर्नु पर्ने कानुन र समस्या समाधान बारेमा जानकारी गराएका थिए ।

मलेसिया मुस्लिम देश भएकोले यहाँ कानुन उल्लंघन गरे मृत्युु दण्ड सम्मका सजाय हुने स्मरण गराँउदै, “लागुऔषध सम्बन्धि गैरकानुनी कार्य, महिलाहरु प्रति हुने दुर्ववहार जस्ता क्रियाकलाप देखि सावधान रहन बुढाले आग्रह गरे । यस्तो अप”राधजन्य कार्य गर्दा मृत्यु द’ण्डको सजायसमेत हुने कानुन रहेकोसमेत उनले जानकारी दिए ।

साथै, काम्पनी छोड्नु वा छोडाउनु पनि नियम बिपरित भएकोले यस्तो गर्दा जेल सजय हुने हुदा यदि सम्झौता अनुसारको तलब तथा सेवा सुविधा कम्पनीले नदिए साथै कुनै समस्या परे दुताबास र संघसंस्थालाई सम्पर्क गरि समस्या समाधान गराउन आग्रह गरे ।

दुताबासलाई आफ्ना समस्याहरु जानकारी गराउन इमेल [email protected]
[email protected] , २४ घण्टे हटलाईन +60162472777, अफिसको फोन नम्बर 03-2020 1898 र 03-2020 1899 सम्पर्क गर्न पनि टेक बुढाले अनुरोध गरे ।

कार्यक्रममा मलेसियाको रावाङ क्षेत्रको नेपालीहरुको उल्लेखनीय सहभागी रहेको थियो । सहभागीहरुले कार्यक्रममा सहभागी हुन पाएकोमा खुसि ब्यक्त गरेका थिए ।