गजल – विष्णु लिम्बू

everest kitchen

विष्णु लिम्बू
युवा शक्ति एक भई उठ अब मुठ्ठी कस्नुपर्छ,
देशप्रेमी जनता सबै एकै ठाउँमा बस्नुपर्छ !

भ्रष्टाचारी, दुराचारी साह्रै धेर भए पापीहरु,
जनताको खुन चुस्नेहरु नख्खु जेल पस्नुपर्छ !

हिमाल, पहाड र तराईबासी एकतामा जुटौं,
जंगी पिलर सार्दै आएमा भाला, छुरा धस्नुपर्छ !

छिमेकी भई छिमेकीको व्यवहार त नगर्ने भो,
विस्तारवादी नजर सधैं हाम्रो सामु खस्नुपर्छ !

नेपालीलाई गुलाम संझी पेल्न खोज्ने पापीहरु,
पालो आयो तिनीहरुको हाम्रो जालमा फस्नुपर्छ !