मृगौला पीडित बालिकाको उपचार्थ मलेसियाको वाईएचआई कम्पनीका श्रमिकको आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
महोत्तरी । हेल्प मधेसी मलेसियाले ममृगौला पीडित बालिकालाई आर्थिक गरेको छ । महोत्तरीको मनराशिसवा नगरपालिका – ६ मा बस्ने नरेश ठाकुरकाे छोरी ४ बर्षीया अन्किता कुमारी ठाकुरको उपचार्थ सहयोग गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया शाखाका केन्द्रिय अनुशासन उप प्रमुख तथा हेल्प मधेशी मलेशियाका संस्थापक केन्द्रिय सचिव विजय कुमार मण्डलकाे अंकिताको लागि ३८ हजार ५०० रुपैयाँ सहयोग रकम जुटेको हो ।

मलेसियाकाे मलाका स्थित वाईएचआई कम्पनीमा कार्यरत नेपाली, भेयतनामी, बाङ्लादेशी, म्यानमार र मलेशियनहरु

शनिबार नरेश ठाकुरकाे घरमा पुगेर स्थानीय समाज र स्थानीय समाजसेवीको रोहबरमा हेल्प मधेशी मलेसिया शाखा जाेहर दलानका पूर्वअध्यक्ष वचन जी साह र लक्ष्मी साहले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको ती बालिकाको लागि सामाजिक सञ्जालमा सहयोगको याचना भएपछि विजय कुमार लगायतले सहयोगको पहल थालेका थिए।