पीएनसीसी र दुतावासको सहकार्यमा मलेसियाको जोहोरमा दुई हेल्प डेस्क सञ्चालन हुने

everest kitchen

मलेसिया । प्रवासी समन्वय समिति (पिएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा मलेसियाको जोहोर राज्यमा डिसेम्बर १२ तारीखमा दुइटा छुट्टाछुट्टै हेल्प डेस्क संचालन हुने भएको छ । मलेसियाको जोहोर क्षेत्रमा रहेका नेपालीहरुको समस्या बुझ्न, समस्याको समाधान र परामर्शको लागि उक्त कार्यक्रम संचालन गर्न लागिएको हो ।

मलेसियाको प्रमुख शहरमध्ये एक शहर जोहोर राज्यमा नेपाली श्रमिकहरुको जनघनत्व बढि भएको क्षेत्र “सेनाई प्रिन्डु ५ होस्टल आस्राम”मा दिउँसो १ बजे पहिलो हेल्प डेस्क हुनेछ भने “इन्दापुरा कुलाईजया होस्टेल आई-जाया”मा दिउसो ३ बजेबाट दोस्रो हेल्प डेस्क हुने पिएनसीसीका मलेसिया संयोजक मछिन्द्रनाथ चापागाईले बताए ।

साथै नेपाली दुतावास मलेसियाको प्रतिनिधिको पनि उपस्थित रहने भएकोले आफुलाई परेको समस्याहरु बारे जानकारी दिन र परामर्श तथा समाधानको लागि त्यस क्षेत्र आसपासका नेपाली श्रमिकहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।

यस अघि पनि पिएनसीसीले मलेसियाको विभिन्न स्थानमा ठाउमा हेल्प डेस्क संचालन गरि हजारौं नेपालीहरुको समस्या संकलन, परामर्श र समस्या समाधानको लागि दुतावास तथा अन्य संघ-संस्थासंग सहकार्य गरि समस्या रहेकाहरुलाई सहयोग र उद्धार गरिसकेको छ ।

प्रवासी समन्वय समिति (पीएनसीसी)ले लामो समयदेखि मलेसिया लगायतका श्रमगन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुलाई सहयोग तथा उद्धार गर्दै आईरहेको छ ।सम्पर्क नम्बर 0177766717/01111767199