हङकङका सञ्चार वादशाह दोषी ठहर

everest kitchen

काठमाडौँ । हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।

गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङकङ सरकारको प्रतिबन्धबीच उनीहरु श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी भएको आरोपमा अदालतले दोषी ठहर गरेका उनीहरु पछिल्ला तीन व्यक्ति हुन् ।

वार्षिक कार्यक्रममा सहभागी भएको आरोपमा अहिलेसम्म दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र कार्यकर्तालाई दोषी ठहर गरिएको छ । सुनुवाइका क्रममा आफूहरुले कार्यक्रममा मैनबत्ती जलाएको बताएका थिए ।