मलेसिया सरकारको विदेशी श्रमिक लैजाने तयारी

everest kitchen

काठमाडौँ । मलेसियाले सबै क्षेत्रमा विदेशी श्रमिकहरु लिने तयारी थालेको छ । विदेशी श्रमिकको अभाव झेलिरहेको मलेसियाले सबै क्षेत्रमा श्रमिक ल्याउने निर्णय गरेको हो ।

स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार मलेसियन सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उत्पादन, कृषि, प्लान्टेशन, सेवा, घरेलु क्षेत्रमा सबै श्रोत देशबाट श्रमिक ल्याउने निर्णय गरेको हो ।

सन २०२० को मार्च तिर मलेसियामा विदेशी श्रमिकहरु जान पाईरहेका छैनन् । श्रम सम्झौता अनुसार भर्ना प्रक्रिया सुरु भएको ६ महिनामै कोभिड महामारी देखिएपछि मलेसियाले नेपालसहित गन्तव्य देशबाट श्रमिक लैजान रोकेको थियो ।

मलेसियाको मानव संसाधन मन्त्रालयले सुरक्षा क्षेत्रमा अन्य देशका नागरिक लिने प्रस्ताव गरेपनि हालसम्म भने सुरक्षा क्षेत्रमा भने नेपाली मात्रै जान पाउने बताएको छ ।

नेपाली राजदूतावास मलेसियाले श्रमिक भर्नाको लागि मागपत्र प्रमाणीकरणमै सम्झौताको कार्यान्वयनमा जोड दिने तयारी थालेको बताएको छ ।

यद्यपि मलेसियाका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेलाई फिर्ता बोलाएपछि अहिलेसम्म कुनै पनि राजदुतको नियुक्ति हुन सकेको छैन । श्रमिक सहजताको लागि छिट्टै नै क्षमतावान राजदुत नियुक्त गर्नुपर्ने श्रमिकहरुको माग रहेको छ ।