टिम लाहाचोकद्धारा सामाजिक क्षेत्रमा योगदान पुर्याएका २५ सामाजिक अभियान्तालाई सम्मान

everest kitchen

कास्की । वैदेशिक रोजगारमा रहेका लाहाचोकवासी दाजुभाइको पहलमा माछापुच्छ्रे गाउँपालिका साथै लाहाचोकको विकासमा उल्लेख्य योगदान पुर्याएका २५ सामाजिक अभियन्तालाई सामुहिक सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा रामबहादुर घर्ती क्षत्री, कृतिमान सुनार, नारायण रानाभाट, केदार पौडेल, गुणराज अधिकारी, राम जिसी, भुवन पोख्रेल, गंगाबहादुर शाही, रेशम नेपाली, रामचन्द्र शाही, सुशील श्रेष्ठ, राजु शाही, माया गुरुङ, प्रदीप क्षत्री, डिलबहादुर नेपाली, बासुदेव अधिकारी, हर्कबहादुर परियार, नवीन अधिकारी, गमबहादुर सुनार, बलराम अधिकारी, रविलाल रानाभाट, बलराम रानाभाट, बालकृष्ण अधिकारी, भूपेन्द्र कुँवर रहेका थिए ।

कार्यक्रमका गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण गुरुङ, वडा नं. ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्साल, वडा ४ का वडाध्यक्ष पूर्णबहादुर शाही, नेकपा एमाले वडाध्यक्ष शेरबहादुर श्रेष्ठ, नेपाली काँँग्रेस सभापति रामचन्द्र अधिकारी, जनप्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधिले सम्मानपत्र, सल, मालासहित अविराङ्कन गर्दैै जनही दुई हजार पाँच सय नगद राशीका साथ सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले कोही पनि रहरले विदेशमा नजाने र विदेशीमा विवशताको जीवन बिताउँदै आफ्नो गास काटेर यसरी गाउँको विकास र समृद्धिमा तल्लिन रहने असल प्रतिभामाथि राज्यको नजर जान आवश्यक रहेको धारणा राखे ।

माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण गुरुङले राज्यको र पारिवारिक आर्थिक समृद्धिमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताउँदै माछापुच्छे« गाउँपालिकामा वैदेशिक रोजगारमा रहेका युवाहरुको योगदानको जति चर्चा गरे पनि कम हुने बताए ।

स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले राज्यले गर्नुपर्ने कार्य जनस्तरबाट हुनु गौरवको कुरा भएको उल्लेख गरे ।

माछापुच्छे« गाउँपालिका वडा ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले वैदेशिक रोजगार टिमबाट हरेक कुरामा स्थानीय सरकारलाई साथ र सहयोग भइरहेको स्मरण गर्दै सम्मान कार्यक्रमलाई आफूले प्रतिनिधि कार्यक्रमका रुपमा लिएको बताए ।

माछापुच्छे« गाउँपालिका वडा ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले समाजको उन्नति र प्रगतिका लागि सम्पूर्ण जीवन अर्पण गरेका प्रतिभाको सम्मानले सिंगो गाउँपालिका सम्मानित भएको धारणा राखे ।

कतार सेवा समाजका गुणराज अधिकारीले लाहाचोकको विकासमा वैदेशिक रोजगारमा रहेका युवापुस्ताको योगदानको जति गुणगान गाए पनि कम हुने बताए ।

सम्मानित प्रतिभामध्ये पुरुषतर्फ रामबहादुर घर्ती क्षत्रीले गास, बास, कपासको बन्दोबस्तीका लागि विदेशमा रहेर पनि मन, वचन कर्मले यसरी काम गरेको देखेर स्थानीय जनप्रतिनिधिले आफ्नो जिम्मेबारीबोध गर्नुपर्नेमा जोड दिए ।

सम्मानित प्रतिभामध्ये महिलातर्फ माया गुरुङले आफूले पढाएका विद्यार्थी र आफूसँगै सम्मानित भएको देख्न पाउँदा गौरव लागेको बताइन् ।

समारोहमा, समारोहबीच कुलपति सूर्य खड्का बिखर्ची, गाउँपालिका प्रमुख कर्ण गुरुङ र स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमलाई विशेष सम्मान गरिएको थियो ।

यस्तै, कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगीदाता अर्जुनबहादुर शाही, चन्द्रबहादुर नेपाली, कृष्णप्रसाद बास्तोला, होमबहादुर नेपाली, प्रेम जिसी, चन्द्रमोहन पौडेल, केशवराज अधिकारी टेकनारायण श्रेष्ठ, भीष्म रानाभाट, देव स्याङ्बो तामाङ, कुमार गुरुङ, देव दवाडी, मधुसुदन अधिकारी, तोया अधिकारी, लोक रानाभाट, स्टीभन घले, हिमाल शाही, श्रीकान्त पौडेल, रेडियो हेमजा, युवा नौमती पञ्चे बाजासमूह, विवेक परियार, सन्तोष गुरुङ, राजु परियारलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सोही समारोहबीच लाहाचोक-४ निवासी मृगौला पीडित उमा अधिकारीलाई टिम र स्थानीय संयोजक प्रेम ढकालबाट संयुक्त रुपमा ९० हजार ६८५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

हालसम्म वैदेशिक रोजगारमा रहेका विभिन्न लाहाचोकवासीको पहलमा सबै गरेर तीन लाख बढी आर्थिक सहयोग प्रदान गरिएको ढकालले जानकारी गराएका थिए ।

मलेसियाबाट राजु क्षत्री अपुरोको परिकल्पना स्थानीय व्यवस्थापन लवी क्षत्री र प्रविधि संयोजन शुसील श्रेष्ठको रहेको कार्यक्रमलाई विभिन्न माध्यमबाट लाइभ प्रशारणसमेत गरिएको थियो ।

पुष्पराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राजेन्द्र गौतमको रहेको थियो भने सञ्चालन श्रीकान्त अधिकारीले गरेका थिए