पीएनसीसी र राजदुतावासको सहकार्यमा मलेसियाको जोहोरमा एकदिने हेल्प डेस्क सम्पन्न

everest kitchen

मलेसिया । मलेसियाको जोहोरबारूमा डिसेम्बर १२ तारीख पीएनसीसी र नेपाली दुतावास मलेसियाको सहकार्यमा १ दिने हेलप डेस्क कार्यक्रम सम्पन्न भएको छ ।

हेल्प डेस्क कार्यक्रम जोहोर क्षेत्रका नेपालीहरुलाई श्रमस्वीकृति, श्रम सम्झौता, भईपरि आउने समस्या समाधान र स्वस्थ्य जनचेतना अभिबृद्धिको लागि गरिएको हो ।

हेल्प डेस्क कार्यक्रममा करिब १ सय जनाले सेवा लिएका थिए । छुट्टाछुट्टै दुई स्थान सञ्चालन गरिएको उक्त कार्यक्रममा श्रमिकले विभिन्न समस्या लिएर उपस्थिति भएका थिए भने विभिन्न चासोसमेत राखेका थिए ।

सो अवसरमा नेपाली राजदुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थीले मलेसियाको कानुन सम्बन्धि, श्रम सम्झौता, श्रम स्वीकृति र मलेसियामा रहदा परेको समस्याहरुको समाधानको लागि विभिन्न उपायहरु बताएका थिए । साथै यस्ता समस्या परेमा तुरुन्तै सुचना दुतावास र यहाँ रहेका संघसंस्था सम्म समस्या पुय्राएर सहयोग लिन सहभागीहरुलाई आग्रह गरेका थिए ।

परिवारलाई खुसि र सुख दिनको लागि बैदेशीक रोजगारमा आएकोले आफ्नो स्वास्थको बिशेश ख्याल गर्न, परिवारसंग नियमित सम्पर्क गरि सुमधुर सम्बन्ध कायम गर्न र पैसा बचत तथा ब्यबस्थापन गर्नसमेत श्रमसहचारी पन्थीले सुझाव दिएका थिए ।

त्यस्तै पीएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाइले पिएनसीसीको परिचय, कार्य र कर्तव्य सम्बन्धि जानकारी दिदै संस्थाको सम्पर्कमा रहेर सहयोग लिन आग्रह गरेका थिए । स्वास्थ सचेतना र समस्या समाधानको लागि दुतावास र संघसंस्था संग सम्पर्क गर्दा समस्या समाधान हुनेसमेत उनले बताए ।

साथै उनले सहभागीलाई धन्यबाद ज्ञपान गर्दै यस्ता कार्यक्रमहरु पछिल्लो दिनहरुमा गर्न धेरै योजना भएकोले सधै उत्साहजनक उपस्थिति जनाई दिन आग्रह गरे ।

कार्यक्रमको ब्याबस्थापन अन्तराष्ट्रिय नेपाली समाज मलेसियाको अध्यक्ष तथा पिएनसीसीका जोहोर क्षेत्रका स्वयंसेवक राजु तामाङले गरेका थिए ।

पहिले हेल्प डेस्क प्रिन्डु सेनाईमा टोओप्लास, ओर्ना पेपर, चोङह्वाट कम्पनीमा कार्यरत नेपालिहरु २५ जना र दोस्रो हेल्प डेस्क इन्दापुरा कुलाईजयामा युकेबि, सिकरल, आई जया, जिम्ली गार्मेन्ट कम्पनीमा कार्यरत ७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा अती आवश्यक बिषयमा जनकारी पाएको भन्दै सहभागीहरुले खुसि ब्यक्त गरेका थिए ।