त्रिवेणीमा कृषि तथा पशु बिमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा कृषि तथा पशु बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा एकदिने कृषि तथा पशु बिमा घुम्ती बिमा सेवा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि तथा पशु बिमाको महत्त्व, प्रक्रिया, दाबी भुक्तानी सम्बन्धी जानकारी गरिएको थियो । सोअवसरमा वडा नम्बर ३ का चन्द्र बहादुर खत्रीलाई भैंसी बिमा दाबी बापत रु ९० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो । त्यस्तै वडा नम्बर १ का कृष्ण बहादुर पुनको बाख्राको बिमा दाबी को रु ९ हजार को चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा त्रिवेणी ३ नम्बर वडाका वडाअध्यक्ष मोहन ओलि र ५ नम्बर वडाका वडाअध्यक्ष खडक बहादुर घर्ती र गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत रमेश पुनको उपस्थिति रहेको थियो।

त्यस्तै, कम्पनीका क्षेत्रीय कार्यलयका प्रमुख सुनिल श्रेष्ठ, रुकुम शाखा प्रमुख मोहन बुढाथोकी अभिकर्ता, प्राबिधिक, कृषक लगायत ५ दर्जनको सहभागिता रहेको थियो ।