बागमती प्रदेशका मन्त्री र राज्यमन्त्रीले लिए सपथ

everest kitchen

काठमाडौं । मगलबार नियुक्त भएका बागमती प्रदेशका नवनियक्त मन्त्री र राज्‍यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

बागमती प्रदेशमा माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।