गायक बिन्ती कुमार र ममता को ‘चु सैं ङल’ मा उर्मिला

everest kitchen

काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् । भिडियो डिसेम्बर १२ तारिखका दिन आइतबार भर्जिनियाको सुन्दर शहर आसबर्नमा एक कार्यक्रमकाबिच तमु धीं भर्जिनियाको संयोजनमा सार्वजनिक गरिएको हो । गायक बिन्ती कुमार गुरूङको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको सुमधुर स्वर रहेको छ ।

पोखराकी सुन्दरी मोडल उर्मिला गुरूङ र मनोज गुरूङको सशक्त अभिनय रहेको गीतको छायांकन गायक बिन्ती कुमारको आफ्नै जन्मस्थल लमजुङको सुन्दर गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा छायांकन गरिएको हो । सार्वजनिक गीतमा उर्मिला र मनोजको माध्यमबाट गुरूङ समुदायका युवा युवतीहरुको रमाइलो प्रेमको किस्सालाई रोमान्टिक शैलीमा देखाइएको छ ।

भिडियोको कोरियोग्राफी र निर्देशन साजन गुरूङले गरेका हुन् । टेकमान गुरूङको छायांकन तथा र नेत्र गुरूङको सम्पादन रहेको गीतको भिडियो तमु ल्होछार ९पौष १५० तो ल्हो ९बाघ वर्ग०को सुखद् आगमनको पूर्व सन्ध्यामा रिलिज गरिएसँगै यसलाई निकै महत्व र चासोका साथ हेरिएको छ ।

हेर्नुहोस् यो रमाइलो भिडियो :