युवा नेता ढकालको छैठौं पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा

everest kitchen

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयको सेरोफेरोमा केन्द्रीत रहेको पुस्तक ढकालले बजारमा ल्याएका हुन् ।

यस अघि उनका पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकाशक्रमलगायतका पुस्तक सार्वजनिक भईसकेका छन् । पत्रपत्रिका तथा अनलाईनहरुमा नियमित अर्थराजनीतिक विचार पस्किरहने ढकालले ल्याएको पछिल्लो समाजवाद र नेपाल पुस्तकमा हिजो कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेका सरकार र तीनले चलाएका सत्तालाई अर्थराजनीतिक कोणबाट विश्लेषण गरिएको छ ।

ढकालले यसमा कम्युनिष्ट देशका सरकारले कसरी आर्थिक ब्यबस्थापन गरेका थिए थियो भन्ने बारेमा तत्कालीन सोभियत संघ , चीन, क्युवा, उत्तर कोरिया तथा भियतनामको प्रयोग पुस्तकमा विश्लेषणात्मक प्रक्षेपण गरेका छन् ।

ढकालको पुस्तकमा समेटिएको अर्को महत्वपूर्ण पक्ष भनेको वामपन्थी पार्टीले चुनाव जितेर सरकारका गएका ल्याटिन अमेरिकी देशहरु भेनेजुयला, निकारागुवा, ब्राजिल र बोलिभियामा प्रयोग गरिएको वामपन्थी अर्थनीति बारे चर्चा गरिएको छ ।

माओवादी नेता ढकालले आफ्नो नयाँ कृतिमा नेपालको विद्यमान अर्थतन्त्रबारे चर्चा गर्दै नेपाली अर्थतन्त्रलाई समाजवादमा लैजान कस्तो बाटो अपनाउनु पर्छ ? भन्ने कुरालाई सुक्ष्म विक्ष्लेषण गर्दै नयाँ अर्थिक बाटो समेत प्रस्ताव गरेका छन् ।

लेखक ढकालले अघिल्लाे पुस्तकमा विश्वका पूँजीवादी तथा समाजवादी देशहरुले अवलम्बन गरेको अर्थराजनीति र नेपालको तुलनात्मक अध्ययन गरी प्रस्तुत गरेका छन् । अर्थराजनीतिका विद्यार्थीहरुका लागि संग्रहणीय ठानिएको ढकालकाे दुवै पुस्तक जागरण मिडियाले प्रकाशन गरेको हो ।