दुई मतले हारेका गच्छदारको निर्वाचन समितिसंग मागे गुहारे

everest kitchen

काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । नेपाली कांग्रेसको उपसभापतिमा आफू २ मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका हुन ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

अर्को उपसभापतिमा संस्थापन पक्षकै पूर्णबहादुर खड्का विजयी भइसकेका छन्।