मलेसिया लगायत ६७ देशबाट नेपाल जाँदा अनिवार्य क्वारेन्टाइन, सबैभन्दा बढि संक्रमित भित्रिने भारतबारे चुपचाप 

everest kitchen

नेपाल सरकारले मलेसिया लगायत ६७ वटा देशबाट नेपाल फर्किदा अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यताकारी नियम बनाएको छ । तर, नेपालमा सबैभन्दा बढि संक्रमित भित्रिने भारतबाट आवत जावत बारे भने सरकार चुपचाप बसेको छ ।
नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार नेपाल गएपछि हरेक यात्रुले आफ्नै खर्चमा अनिवार्य १ हप्ताको क्वारेन्टाइन बसेपछि कोरोना जाँच (आरटि पिसिआर) जाँच गरेपछि ठिक भएको रिपोर्ट आएको खण्डमा फेरि १ हप्ता होम क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ ।
तर, यदि १ हप्ता होटल क्वारेन्टाइन बसेर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको खण्डमा भने सम्बन्धित निकायको आइसोलेसन सेन्टरमा गएर बस्नुपर्नेछ ।
ओमिक्रोन नामको नयाँ भेरियन्टको भाइरसको डरले यसो गरिएको भनिएता पनि सरकारले होटल ब्यवसायीहरुको दबाब अथवा लाभमा परेर यस्तो निर्णय गरिएको हुनसक्ने कतिपय यात्रुहरु बताउछन् ।
नेपालमा अहिले पर्यटकहरु नहुदा होटलहरु रित्तै बस्नुपर्ने अवस्था भएपछि नेपाल जाने यात्रुहरुलाई जबर्जस्ति होटलमा राखेर होटल ब्यवसाय चलाउन खोजेको आरोप टिकट काटेर नेपाल फर्किन तयार रहेका यात्रुहरु लगाउछन् ।