वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न र्यापीड रेस्पोन्स टिम गठन

everest kitchen

काठमाडौं । सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्‍यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यान्वयन गराउन उक्त टिम घोषणा गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको छ । र्‍यापीड रेस्पोन्स टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।

वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्‍यापीड रेस्पोन्स टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।