मलेसियामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस सम्पन्न

everest kitchen

यहि डिसेम्बर १८ तारीख मलेसियामा पिएनसीसीको आयोजाना र नेपाली दुतावासको सहकार्यमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेपाली दुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थीले प्रवासीहरुको हक, आधिकार र दायित्व बारे जानकारी गराएका थिए । आफ्नो हक, अधिकारबाट बन्चित भए दुतावासले आवश्यक सबै किसिमको सहयोग गर्दछ, त्यसबारे दुतावासलाई तुरुन्तै जानकारी गराउन आग्रह गरेका थिए । साथै आफ्नो दायित्व पनि सबैले पूरा गरी असल नागरिक बन्न पनि आग्रह गरेका थिए ।
प्रवासमा रहेका नागरिकहरुकोलागि यस्ता बिशेष दिनहरुको निकै महत्त्व रहेकोले आगामी दिनहरुमा सबै संघसंस्थाहरु संग सहकार्य गरि अझै बृहत कार्यक्रम गर्न सुझाव दिएका थिए ।
मलेसियामा अबिरल बर्षाको कारण केहि ठाउमा डुबान भएकोले मलेसियामा रहेका सबै सजक रहन आग्रह गरेका थिए । तेसै गरि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रामण मलेसियामा पनि देखा परेकोले उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका थिए ।


बैदेशिक रोजगारीका लागि तयार भएको नेपालीहरु पासपोर्ट बनाउदा देखिनै ठगिन थाल्ने भएकोले नेपाल सरकार र सम्बन्धित निकायले सचेत गराउने र खवरदारी गर्न जरुरी रहेको साथै गैर आवासीय नेपाली संघ, मलेसियाका अध्यक्ष बिनोद थापाले बताए । मलेसियामा रहेका नेपालीहरुलाई स्वास्थ वा अन्य समस्या पर्दा उद्धार गरि राख्ने सुरक्षित स्थान नहुदा दुख पाईरहेकोले एनआरएनए मलेसियाले सेल्टर हाउस स्थापनाको लागि लागि परेको जानकारी गराउदै नेपाली दुतावास मलेसिया, मलेसियामा रहेका संघसंगठनहरु, ब्यवसायीहरु र नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई सहकार्यको लागि अनुरोध गरेका थिए ।
यसै गरि कार्यक्रममा शुभकामना आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, गैरआवासीय नेपाली संघका संरक्षक शंकर बहादुर पौडेल र जिफण्टका प्रतिनिधि बेद कुमार खतिवडाले पनि शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै पिएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले मलेसियामा लामो समय देखि पिएनसीसीले प्रवासी नेपालीहरुको हक हित र अधिकारको लागि कार्य गरिरहेको अवगत गराउदै आउने दिनहरुमा अझै सुदृढ र सकृय भएर लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे । मलेसियामा बाढि प्रभावित क्षेत्रमा सावधानी अपनाउन र कोभिडको संक्रामणले नयाँ मोड लिएकोले सतर्कता अपनाउन आग्रह गर्दै कार्यक्रममा उपस्थितहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।