राक्सिराङमा अख्तियर दुरुपयोग अनुसन्धान आयोग हेटौंडाद्वारा अन्तरक्रिया कार्यक्रम

everest kitchen

मकवानपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय हेटौंडा द्वारा भ्रष्टाचार भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्थरिय अन्तर्क्रीया/ गोष्ठी कार्यक्रम राक्सिराङ गाउँ आलिकामा सम्पन्न भएको छ।

कार्यक्रम अख्तियर दुरुपयोग अनुसन्धान आयोग कार्यलय हेटौंडा मकवानपुरका कार्यलय प्रमुख (सह-सचिव) अर्जुन कुमार शर्माको सभापतितब र राक्सिराङ गाउँ पालिकाक अध्यक्ष राज कुमार मल्ल को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा अतिथिको रुपमा गाउँ पालिका उपाध्यक्ष निर्मला हिम्डुङ, प्रहरी नायव उपरीक्षक गणेश बहादुर बराल,प्रशासकीय अधिकृत देव चन्द्र गर्तौला गाउँ पालिकाको वडा अध्यक्ष हरु राम कृष्ण प्रजा,बाबू लाल तामाङ विभिन्न वडाका वडा सदस्यहरु,वडाको वडा सचिव हरु गाउँ पालिकाको कर्मचारी हरु उपस्थिति रहेको थियो।

कार्यक्रममा अख्तियार प्रमुख र उप सचिव बिष्णु प्रसाद सापकोटा द्वारा कार्यपत्र प्रस्तुत गरेको थियो। कार्य पत्र प्रसारण गर्दै उप सचिव राक्सिराङको प्रसंसा गरेको थियो। कार्यक्रममा आफ्नो भनाई राख्दै वडा अध्यक्ष बाबू लाल तामाङले आफ्नो भनाई राख्दै हाम्रो राक्सिराङ सुन्दर राक्सिराङ बनाउने कोसिस रहेको बताए। त्यसै गरि गाउँ पालिका अध्यक्ष मल्ल ले राक्सिराङमा भ्रष्टाचार नभए पनि राज्नैतिक प्रकाण्डको कारण बेनामी अख्तियारी बढेको भए पनि गाउँ पालिका भित्र अनुगमन गरेर पार्दर्शिता गरेर मात्रै भुक्तानी गरेको बताए। त्यस्तै अख्तियार प्रमुख द्वारा खुला सत्रमा भएको जिज्ञासाहरुको सम्बोधन गर्दै उपस्थित भएका अध्यक्ष,उपाध्यक्ष वडाध्यक्षहरु प्रतिनिधिहरु धन्यवाद ग्यापन गर्नु भएको थियो।