एमालेको बिरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

everest kitchen

काठमाडौं । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले बिरोध जनाउन सुरु गरेपछि बैठक स्थगित भएको हो ।

सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् ।

नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।