हिमालय हनि सप्लायर्स प्रालिद्वारा राक्सिराङ-६ मा राहत बितरण

everest kitchen

मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका-६ मा खाद्यान्न राहत वितरण गरिएको छ । त्यहाँका २०० घर परिवारलाई राहात बितरण गरेको हो ।

हिमालय हनी सप्लायर्स प्रालिका संचालक डम्बर गुरुङको टिमले २०० परिवार लाई ३० किलोको दरले राहात बितरण गरेको हो ।

संचालक गुरुङले बिगतको दिनहरुमा राक्सिराङको मौरी पालक किसान हरुले मौरिको मह बितरण गर्न कठिनाई भएको बेला मौरिको मह संकलन गरी किसान लाई सहज बनाउने भुमिका निर्वाह गर्दै आएका छन् । बितरण भएको राहत मौरी पालक किसानहरुलाई प्रोत्साहन होस भनी राहत बितरण गरेको उनलेे बताए।

त्यस्तै राहत बितरण गर्नको लागि सहजीकरण गर्न वडा अध्यक्ष सिंगलाल प्रजा,समाज सेवि दिनेश प्रजा लगायत जुझारु युवाहरुको उपस्थिति रहेको थियो । राहत बितरण गरि किसानलाई प्रोत्साहन गरेको भन्दै संचालक गुरुङ लगायत सबै टिमलाई वडा अध्यक्ष प्रजाले धन्यवाद ज्ञापन गरेका थिए।