क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म विस्तार गरिएको छ।
मलेसिया सरकारको २२ डिसेम्बरमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णयलाई स्वीकृत गरेको हो । यस अघि २०२० डिसेम्बर देखि डिसेम्बर २०२१ सम्म लागु भएको यस कार्यक्रम मार्फत कुल १९२,२८१ गैरकानुनी आप्रवासीहरू स्वेच्छिक रूपमा घर फर्कन दर्ता गराएका छन् ।
जसमा तीन देशहरू सबैभन्दा बढी संख्यामा इन्डोनेसिया (९९,०४७), बंगलादेश (२६,८२१) र भारत (२३,८४४) रहेका छन्। यो संख्यामध्ये कुल १,६२,८२७ गैरकानुनी आप्रवासीहरू आ–आफ्नो देशमा फर्किएका छन्। यस कार्यक्रम मार्फत मलेसियामा कार्यरत अबैधानिक नेपालीहरु पनि घर फर्किएका छन ।