गाँ”जासहित तीन महिला पक्राउ

everest kitchen

रौतहट । रौतहटस्थितमा गाँ”जासहित ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ईलाका प्रहरी कार्यालय गरुडाकोटो लीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–११ शक्तिखोर निवासी ३० वर्षीय अस्मिता प्रजा, २६ वर्षीय रेश्मा प्रजा र ३४ वर्षीय मनमती चेपाङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी श्रीराम भण्डारीले बताए । पक्राउ परेका तीनै जनामाथि लागुऔषध ओसारपसार तथा विक्री वितरण सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।