क्रिसमस मनाउने अचम्मका तरिका : कहीँ रमाइलो त कहीँ डरलाग्दा

everest kitchen
photo file

काठमाडौँ । क्रिसमस २५ डिसेम्बरमा विश्वभरिका क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्छन् । धार्मिक सहिष्णुता कायम भएकाले अन्य धर्मावलम्बीहरुले पनि यो दिनलाई पर्वको रुपमा मनाउने गर्छन् ।

विश्वभरी यो दिन हर्षोल्लासका साथ मनाइन्छ । तर यो मनाउने परम्परा विश्वमा फरक– फरक खालको छ । यस मध्ये केही साह्रै नै रमाइला खालका छन् भने केही तरिका डराउने खालका पनि छन् । आउनुहोस् विश्वका केही मुलुकमा यो कसरी मनाइन्छ भन्ने बारे जानकारी लिऔं ।

अस्ट्रिया :
अस्ट्रियामा सेन्ट निकोलसको एउटा दुुष्ट दुुश्मन छन्, जसको नाम हो क्र्याम्पस । यो सेन्ट निकको राम्रो स्वभावको ठिक विपरित एक राक्षस हो । दानव जस्तै देखिने यो प्राणी क्र्याम्पस, क्रिसमस अघि बालबालिकालाई सजाय दिने गर्दथ्यो ।

यसैको सम्झना स्वरुप क्रिसमसका बेला अस्ट्रियामा शैतानको भेषभुषामा सजिएका पुरुष सडकमा घुम्छन् । बच्चाहरुलाई अपहरण गरेर नर्कमा लैजान साङलो र टोकरी बोकेर हिँड्ने क्र्याम्पस झैँ यी पुरुषहरु यस्तै हुलियामा हिँड्छन् ।

स्पेन :
स्पेनको क्याटालोनियासमेत कयौँ इलाकामा एक विशेष खालको परम्परा छ । यसमा काठको एउटा टुक्रालाई आधा कम्बलले ढाकिन्छ र बाहिर निस्केका भागमा आँखा, नाक र अनुहार बनाइन्छ । यसलाई क्रिसमस अघि असाध्यै मिठो खाना र ड्राइ फुड्स खुवाइन्छ ।

क्रिसमसको बेलुका घरका मानिसले यो काठको टुक्रालाई डण्डाले पिटिन्छ ताकि यसले जे पनि खाएको छ, त्यसलाई शौचको माध्यमबाट बाहिर निकाल्न सकियोस् भन्ने किम्बदन्ती छ । यसपछि कम्बल उठाएर सबैले आ–आफ्ना गिफ्ट उठाउँछन् । यो परम्परालाई धान्नका लागि आजकाल आमा बुवाले आफ्ना बालबच्चाका लागि कम्बलभित्र उपहार लुकाइदिन्छन् ।

युक्रेनः
युक्रेनमा माकुराको जालो जस्तै सजावटले घर सजाउने परम्परा छ । यहाँको एउटा पुरानो लोककथाका अनुसार एक गरिब विधवासँग आफ्नो बच्चाका लागि क्रिसमस ट्री सजाउने पैसा थिएन ।

यस्तो अवस्थामा घरको माकुरालाई दया लाग्यो र उनीहरुले पुरा रुखमा सुन्दर जालो बिच्छाए । यो देखेर बच्चा बिहान खुसी भएर उठे । युक्रेनको संस्कृतिमा माकुराको जालोलाई भाग्यशाली पनि मानिन्छ ।

पोर्चुगलः
पोर्चुगलमा मानिस क्रिसमसमा खाना खाँदा अन्य थप प्लेटमा पनि खाना पस्कन्छन् । यसो गर्दा मृत्यु भइसकेका प्रियजन पनि यस दिन उनीहरु सँगै खाना खान्छन् भन्ने विश्वास उनीहरुमा छ । यो परम्परा पक्कै पनि अचम्मको छ ।

चेक गण्राज्यः
क्रिसमसको पूर्वसन्ध्यामा अविवाहित महिला ढोकामा पिठ्यूँ जोडेर उभिन्छन् र आफ्नो जुुत्ता मध्येबाट एकलाई आफ्नो काँधमा उठाउँछन् । यदि यो ढोकाको अगाडि खुट्टातिर फर्कन्छ भने उनको विवाह एक वर्ष भित्र नै हुने मान्यता छ । यदि यो ढोकाको अगाडि र कुर्कुच्चातर्फ झ¥यो भने उसले विवाहका लागि अर्को एक वर्ष कुर्नुपर्ने मान्यता छ ।

नर्वेः
नर्वेमा क्रिसमसको साँझ जादुगर सैतान आफ्नो जादुु भएको कुचोमा उडेर आफ्नो शिकार खोज्न आउँछिन् भन्ने मान्यता राखिन्छ ।

त्यसैले यस दिन सबैले आफ्नो घरको कुचो लुुकाएर राख्छन् । यो कुचो जसको घरमा देखिन्छ राक्षस सोही घरमा आएर बस्छन् भन्ने उनीहरुको विश्वास रहेको छ ।

स्पेनः
स्पेनको एउटा शहमा मान्यता छ कि क्रिसमसको दिन रातो रङको भित्री वस्त्र मात्रै लगाउनुपर्छ । यो परम्परालाई एक कदम अघि लैजादैँ त्यहाँकाम मानिस क्रिसमसमा रातो रङको भित्रीवस्त्र लगाएर दौडिन्छन् । संयोगको कुरा के हो भने यहाँ निमोनियाको केसेज सबैभन्दा बढी पाइन्छन् ।उज्यालो नेटवर्क