सिमर गाउँमा ख्रीष्टमस

everest kitchen

सविन लोप्चन तामाङ
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर ६ को सिमर गाउँ स्थित ईसाई धर्म लम्बिहरुको महान चाँड ख्रीष्टमस डे भब्यताको साथ सम्पन्न भएको छ।

कार्यक्रममा राक्सिराङ ६ का वडा अध्यक्ष सिंग लाल प्रजाको प्रमुख आतिथ्री र दिल कुमार प्रजाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम पास्टर तथा मुख्य बक्ता साथै प्रमुख धर्म गुरु मोतिराम प्रजा धर्म गुरु पास्टर कमल प्रजा,पास्टर सुर्य बहादुर प्रजा, राज्नैतिक ब्याक्तित्वहरु बखत बहादुर प्रजा र दिनेश चेपाङा,टोल बिकास अध्यक्ष दिल बहादुर प्रजा,एमले युवा नेताहरु शैलेन्द्र प्रजा,बिकास तामाङ र छ्युसी बौद्ध गुम्बाको उपाध्यक्ष राज कुमार थीङ को उपस्थिति रहेको थियो।

त्यसै गरि उक्त कार्यक्रममा मुख्य पास्टर मोतिराम प्रजा ले धार्मिक प्रवचन सुनाएको थियो भने वडा अध्यक्ष प्रजाले नेपाल सरकार बाट ईसाई धर्म लम्बिहरुको लागि चर्च बनाउन सहयोग नगरे पनि गाउँपालिकाबाट र वडा सिलिङ बजेट बाट आफुले सक्दो चर्चलाई आर्थिक उपलब्ध गराएको बताए ।

त्यस्तै कार्यक्रमको सभापति रहेका दिल कुमार प्रजाले डिसेम्बर २५ मा जेजिस क्राईस्टको जन्म उत्सव रहेपनि आफ्नो छिमेकी टोलहरुमा डिसेम्बर २५ मा मनाउने भएकोले समय र परिस्थिति अनुसार ९ गते नै क्रिष्टमस मनाएको बताए । साथै ९ गते शुक्रबारको दिन गाउँपालिका सर्वजानिक बिदा दिएकोमा गाउँपालिकालाई उनले धन्यवाद ज्ञापन गरे।