आजदेखि दाङ-सल्यान सडकखण्ड दैनिक ८ घन्टा बन्द हुने

everest kitchen

काठमाडौं । दाङ-सल्यान सडकखण्ड आइतबारदेखि दैनिक ८ घन्टा बन्द हुने भएको छ। आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने भएको हो ।

पुस ११ गतेबाट लागू हुनेगरी २५ गतेसम्म सडक खण्ड दैनिक ८ घन्टा बन्द हुने भएको हो।

जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरि ८ घण्टा सडकखण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए।

राप्ती राजगर्मा सडक खण्ड अन्तरगत चोरखोला-कपुरकोट क्षेत्रमा स्तरोन्नतिको काम हुन लागेको हुँदा सडकखण्ड दैनिक ८ घन्टा बन्द गर्ने निर्णय भएको खड्काले बताए। अत्यावश्यक सवारी साधनले वैकल्पिक रुट कपुरकोट-पैंयाखोर डाइभर्सन प्रयोग गर्न सक्ने बताएको छ ।