माओवादी केन्द्रको महाधिवेशन २ घण्टा पछि सर्यो

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आज‌ै अलि ढिला हुनेगरी उद्घाटन हुने भएको छ । राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले उक्त सम्मेलनलाई नै महाधिवेशनको रुपमा घोषणा गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ। दिउसो १ बजे हुने भनिएको महाधिवेशन २ घण्टा ढिला हुने भएको हो ।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको महराले बताए।