माओवादी केन्द्रको महाधिवेशन अध्यक्ष प्रचण्डद्धारा उद्घाटन

everest kitchen

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको आज उद्घाटन भएको छ । माओवादी केन्द्रले आजदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा महाधिवेशन गरिरहेको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्डले उद्घाटन गरेका छन् । उद्घाटनमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको छ ।

यसअघि राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले हिजो मात्रै उक्त सम्मेलनलाई महाधिवेशनको रुपमा गर्ने गरेको थियोे । महाधिवेशन प्रतिनिधिको रुपमा देशभरिबाट करिब १६ सयबढी प्रतिनिधिले सहभागीता जनाएका छन् ।

उद्घाटनको क्रममा रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिकाको मयुर (गरुवा) नाँच, पन्चे बाजा लगायतका झाकीहरु प्रस्तुत गरिएको छ ।