मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव

everest kitchen

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्।

प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा पनि एसएसपी दरबन्दी रहने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो।

वैदेशिक रोजगारी तथा अध्ययनका लागि ठूलो संख्यामा ती देशमा नेपालीहरू जाने गरेकाले अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि संयन्त्रको विकास गर्नुपर्ने देखिएपछि प्रस्ताव पठाइएको प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसअघि ती देशमा प्रहरी संयन्त्र राख्ने प्रस्ताव पटक-पटक बहसमा आए पनि कार्यान्वयनमा भने आएको थिएन। संयन्त्र स्थापनापछि विदेशमा बसेर नेपालमा आपराधिक काम गर्ने प्रवृत्ति न्यूनीकरण हुने प्रहरीको आकलन छ।