लघुकथा – पेन्सिल
विवेक दुलाल क्षेत्री’दमक’
एउटा भलाद्मिले बाटामा निकै राम्री युवतीलाइ देखेर अन्कनाउदै उभियो।नजानिंदो तरिकाले त्यो युवतीलाइ परसम्म हेर्यो।युवती परबाट मुस्कुराउदै आई।
उ के गरौं अब भनेर द्वीविधामा पर्यो।गाली त खाने होइन भनेर मोबाइलको स्क्रीनमा आँखा लगाउन थाल्यो।
युवतीले ‘सरी’ मेरो पेन्सिल भनेर उ उभिएको ठाउँनेरबाट टिपि।उ झल्याँस भयो मानौं ऊ सपना देखिरहेको छ।युवती निकै पर पुगि।
बाटाभरी उसले त्यो युवती बारे सोच्दै घर पुग्यो।घरमा पुगेपछि श्रीमती चाहिले भनिन् -“खोइ हजुरले पसलबाट छोरालाई पेन्सल ल्याइ दिनु भएन।अब छोराले कसरी चित्र बनाउँछ?”
श्रीमतीको कुराले अब उसलाइ त्यो युवतीको भन्दा पसलबाट किनेर ल्याएको पेसिलको माया लागेर आयो र एक्कासि आफैसित मनमनै भन्यो “धत् मैले त बाटोमा मोबाइल चलाउदा पेन्सिल खसेकै थाहा पाइनछु!”
(दमक बजार ,झापा हाल – अबुधाबी ,युएइ ।)