प्रचण्डको प्रतिवेदनमा ११ समुहको प्रस्तुति सकियो

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहको प्रस्तुति सकिएको छ।

अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामा छलफल गर्न गठित २५ वटा मध्ये बुधबार ११ वटा समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका हुन्।

बाँकी १४ वटा समूहका नेताको प्रस्तुति भोलि बिहीबार विहान ११ बजेदेखि सुरु हुने बताएको छ । अध्यक्ष मण्डलका सदस्य रुपा श्रेष्ठका अनुसार भोलि टोली नेताले समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकिनेछ।