चेपाङ समुदाय अहिले बोरा ओडेर चिसो छल्नु पर्ने अबस्था छैन

everest kitchen
photo file

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका भित्र कोहि पनि चेपाङ समुदाय बोरा ओढेर सुत्नु पर्ने अबस्था नरहेको स्थानीय चेपाङ अगुवाहरुले बताएका छन ।

केही अनलाइन सञ्चारमाध्यममा चेपाङ समुदाय बोरा ओढेर सुत्नु पर्ने अबस्था रहेको भनेर समाचारहरु आएकोले हाल त्यस्तो अवस्था नरहेको स्थानीय चेपाङ समुदायका नेता तथा राक्सिराङ-६ का वडा अध्यक्ष सिंगलाल प्रजाले बताए ।

चेपाङ समुदाय विपन्न र पीछडीएको जाति समुदाय भएपनि कुनै चेपाङ परिवारले अहिले विभिन्न अनलाइनमा आएको समाचार जस्तो गरी बोरा नै अोढेर रात कटाउनु पर्ने अवस्था नरहेको राक्सिराङ – ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले बताए ।

चेपाङ समुदाय भित्र आउने विभिन्न समस्यालाई मध्यनजर गरेर समुदायमा स्थानीय सरकार, सहयोगी निकाय, संस्था र समाजसेवी व्यक्तिहरुको समन्वयले समस्या समाधानमा सहज रहेको स्थानीय चेपाङ नेता दिनेश चेपाङले बताए ।