लघुकथा: चन्द्र उदाउँदैन
बिद्या खड्का
“एक अाँखा के अाँखा, एक सन्तान के सन्तान हाम्रा पालामा विहे गरेको अाठ, दश वर्षमा अाँगन भरि छोराछोरी हुन्थे, अहिलेकालाई एउटै छोराको सुमसुमले फुर्सद छैन” “अाज पुर्णेको (पुर्णिमा)दिन एउटि कन्या केटि टीका लगाएर खाना खाउँ भने पनि गाउँ पस्नु पर्छ।”रमा फत्फताउँदै थिईन भान्सामा।
छोरा: “हैन, के भन्नुभएको आमा?”
“के भन्नुनि आकाशमा सुर्य मात्र भएर के गर्नु, रातको अँध्यारोमा साथ दिने चन्द्रमा पनि त चाहिन्छ भनेकि नि”
छोराः “बुझ्छु अामा मलाई पनि छोरी असाध्यै मन पर्छ, छोरि भएको घर उज्यालो हुन्छ, चाडबाड रमाईलो हुन्छ” तर,,, “तर के त!”
छोराः “प्रजनन् अधिकार भनेको महिलाको नितान्त व्यक्तिगत अधिकार हो आमा, ” जब सम्म हजुरकि बुहारिले चाहन्नन् तब सम्म यो घरमा चन्द्र उदाउँदैन क्या।