लघुकथा :- पापको कमाइ
मन्दिरा चापागाईं
भोलि शनिबार एघार बजेको चलचित्र हेरौं बाहिरै खाजा खाएर जाडोका किनमेल गरेर फिरौं है बुढा । एउटै स्वेटर लाएको पनि दशौं वर्ष भयो । एउटा लङ्गकोट किन्नुपर्नेछ मलाई । केटाकेटीलाई ज्याकेट नि चाहिएको छ । तौलियाले हात पुछ्दै सुत्ने बेलामा सुधाले सागरलाई भनी ।
तिमीहरू जाओन । भोलि त म लोकसेवाको निरीक्षक बस्न जानुछ । मुसुक्क हाँस्दै सागरले भन्यो । बल्ल एकदिन बाहिर निस्किन खोज्दा नि पाईएन । आफूलाई टेन्सन भा”को छ हजुरलाई भने मुस्कुराहट ।
“मीतभाईको छोरा के त विवेक, परीक्षार्थी छ क्या । पढाईसढाई छैन् , अस्ति एड्भान्स दिन्छु भन्दैथिए । काम सफल भएपछि लिउँला भनें सागरले भन्यो । ” एकाएक सुधाको गोरो अनुहार रातोपिरो भएर आयो । “चाहिँदैन मलाई कोट्सोट । केटाकेटीलाई नि उध्रेका सिईसाई गरेर लाईदिउँला ।
एउटा विद्वान इमानदार कर्मचारीकि धर्मपत्नी हुँ भनेर गर्बले छाती फुलांउथें । हेर हेर फर्सी झैँ कुहिएको !
थाहा छ,” एउटा असक्षम ब्यक्तिलाई पक्षपात गरि पास गराउँदा वास्तविक मेहनेती र प्रतिभाशाली ब्यक्तिको हालत के हुन्छ ?
टुपी कसेर शरीरमा ग्यास्ट्रीक र आँखाको पावर बढाउँदै भोकतिर्खा नभनि रातदिन मिहेनत गरेको भोलि सचिव हुने मान्छे पागल हुन्छ पागल । ” हे भगवान ! मेरो विद्वान पतिलाई किन मेरो जति नि बुद्धि दिएनौ ??” सुधा थचक्क बसेर रुन थाली ।
” बरु तँ चाहिँ बहुलाईस कि के हो ? यो सब मैले तिमीहरुकै खुशीका लागि त गरेको हो नि ।” “कहिले देखि हजुर कालो धनको मोहमा फस्न थाल्नुभो? पापको कमाईमा खुशी हुनु छैन् मलाई । बाँकी रह्यो छोराछोरीको कुरा । सन्तान बाबुआमाका मात्र नभएर ईश्वरका सृजना पनि हुन् । भगवानले सद्बुद्धी दिनुभयो भने अरु केही चाहिदैंन । आफ्नो पदीय हैसियत र ओहोदाको दुरुपयोग गर्दिन भनेर प्रतिज्ञा गर्नुस् ।
यस्तै व्यक्तिका कारण वैकल्पिकमा पर्दाको चोट मसँग अझै आलैछ बुझ्नु भो नि ?”
सभापोखरी :- १ संखुवासभा ।